सुचना, समाचार र मनोरन्जन

नयाँ सरकार बन्छ भन्नेमा विश्वस्त छु, केही दिनमै सरकार गठन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए ।

शनिवार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको दावी गरे ।

दाहालले देशलाई अप्राकृतिक रुपमा विखण्डित गर्ने प्रयास राष्ट्र र जनताकै लागि निकै पीडा भएको बताए। मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प नभएको उल्लेख गरे । अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

उनले ७० प्रतिशत पार्टीको संसदीय संख्याले गरेको निर्णय संविधान र ऐन अनुकूल थियो भन्दै सेटिङमार्फत् आधिकारिकतालाई सरकारले खारेज गरेको बताए।

उनले सबैको सामूहिक प्रयत्नबाट एउटा गतिशील, प्रगतिशील समाज बनाउने ढंगले संविधान बनाएको बताउँदै संविधानका भएको भावना अनुसार सरकार अगाडि बढ्नेछ भन्ने आशा राखेको तर त्यसो हुन नसकेको बताए ।

कमेन्ट्स
Loading...