सुचना, समाचार र मनोरन्जन

कल्प-ग्रन्थ वैशाख १५ बाट होमडेलिभरी हुने

काठमाडौं /

कुमार नगरकोटीको बहुप्रतीक्षित पुस्तक ‘कल्प-ग्रन्थ’को प्रीमियम संस्करण २०७८ वैशाख १५ गतेबाट होम-डेलिभरी हुने भएको छ ।

गत मंसिर १ गतेदेखि २०२१ रुपैयाँ प्री-भुक्तान लिई मुद्रण गरिएको पुस्तक चैत्र १४, २०७७ मा सार्वजनिक गर्ने भनिए पनि पुस्तक छपाइको प्राविधिक कारणले ढिला भएको आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रकाशकले बताएका हुन्।

पुस्तकको प्रोमोसनल गीत ‘खर्पनमा बोकी हिंड्छु अचेलु सार्वजनिक कार्यक्रममा बोल्दै बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले कल्प(ग्रन्थको ३७१३ प्रति प्री(-बुकिङ भई मुद्रण भएको तथा पुस्तक सार्वजनिक अगावै पाठकहरूको ठेगानामा डेलिभर गरिने र वैशाख २५ गते औपचारिक लोकर्पण गरिने बताए। उनले भने, ‘किताब अनुमान गरेभन्दा निकै ठूलो र बहु-मुद्रण भएकाले ढिला भएकोमा सम्मानित पाठकसमक्ष समयमा सार्वजनिक गर्न नसकेकोमा माफी माग्दछौँ तर किताब हात परेपछि पाठकले मुद्रणमा भएको ढिलाइलाई आफैँ बुझ्नु हुनेछ।’

कार्यक्रममा कल्प-ग्रन्थको आफ्नो सपना पूरा भएकोमा कुमार नगरकोटीले सबैप्रति आभार व्यक्त गरे । त्यस्तै गायक सुगम पोख्रेलले कुमार नगरकोटीको यो गीत आफ्ना लागि प्रसाद भएको बताए।

आज सार्वजनिक खर्पन गीतको भिडियोमा कुमार नगरकोटीको शब्द तथा अभिनय, हरि लम्सालको संगीत र सुगम पोख्रेलको स्वर रहेको छ। बुक-हिलको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नितिन चन्दको छायांकन र सम्पादन तथा भूपेन्द्र खड्काको निर्देशन रहेको छ।
सो गीत टुवेल्स नोट्स युट्युब च्यानलबामा हेर्न सकिनेछ।

कमेन्ट्स
Loading...