सुचना, समाचार र मनोरन्जन

स्रमाटले ‘लाल मोहन जी’ बनाउने, मुख्य भूमिकामा विपिन

काठमाडौँ /

सम्राट बस्नेतको निर्देशनमा बन्ने फिल्म ‘लाल मोहन जि’ निर्माण हुने भएको छ ।

फिल्ममा विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुस्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचेको मुख्य भुमिका रहने छ । फिल्मका लागि एक हिरोइन भने चयन हुन बाँकी छ ।

प्रवेश पौडेलको कथामा पट्टथा सम्वाद आकाश बरालले तयार पारेको फिल्ममा सन्तोष राजको संगीत, निरज कडेलको छायाँकन, राजु तामाङको द्धोन्द, कबिराज गहतराजको नृत्य रहनेछ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।

नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको फिल्म जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ ।आर.रोसफि फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जि’का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।

कमेन्ट्स
Loading...