सुचना, समाचार र मनोरन्जन

आहा रारा गोल्ड कप महापण्डित : विजेता सापकोटालाई ३२ इन्चको एलईडी टेलिभिजन

  •  
  •  
  •  
  •  

 पोखरा /

 यस वर्षको आहा रारा गोल्ड कप महापण्डितको विजेता पोखरा १३ का छत्रप्रसाद सापकोटा भएका छन् ।

चैत २८ गते सम्पन्न साहारा क्लब पोखराले आयोजना गरेको संकटा क्लब र अफ्रिकन रुट्स एशोसियसन डाउला क्यामरुन बिचको फाइनल खेल कस्ले जित्ला भन्ने प्रशनमा अनुमानित सही उत्तर दिने मध्येबाट लक्की ड्र मार्फत सापकोटा छनोटमा परेका हुन् । उनलाई रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जको पोखरा कल ईन कार्यक्रममा रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले ३२ इन्चको एलईडी टेलिभिजन प्रदान गरे । टेलिभिजन डिजिटल साउण्ड एण्ड भिजन न्युरोड पोखराले उपलब्ध गराएको थियो ।

टेलिभिजन सँगै विजेता सापकोटाले हिमश्री फुड्स प्रालीको तर्फबाट एक कार्टुन रारा चाउचाउ प्राप्त गरेका छन् । उनलाई हिमश्री फुड्सका सेल्स अफिसर बमबहादुर बरालले चाउचाउ प्रदान गरे । आहा रारा गोल्ड कप महापण्डित हुन पाउँदा खुशी लागेको विजेता सापकोटाले बताए । रेडियोले हरेक वर्ष आहा रारा गोल्ड कप महापण्डितको आयोजना गरी खेलको क्षेत्रमा समेत टेवा पुर्याउँदै आएको साहारा क्लब पोखराका उपाध्यक्ष हरिराम गुरुङ “सुरज”ले बताए ।

१९ औं संस्करणको आहा रारा गोल्ड कपका कार्यक्रम संयोजक समेत रहेका गुरुङले कोरोना महामारीका समयमा पनि आहा रारा गोल्ड कप सफल पार्न आ—आफ्नो तर्फबाट सहयोग गर्ने संघसंस्था तथा दर्शकहरुलाई धन्यवाद दिएका छन् । रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले साहारा क्लब पोखरासँग रेडियोको सम्बन्ध हिजो पनि प्रगाढ रहेको र आज पनि उस्तै भएको बताए । भोलीका दिनमा समेत खेलको क्षेत्रमा रेडियोले प्रचारप्रसारमा टेवा पुर्याउने प्रतिबद्धता उनको छ ।

हिमश्री फुड्सका सेल्स अफिसर बमबहादुर बरालले पोखरामा फुटबलको फिवर बढाउन रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सोही अवसरमा आफु र आबद्ध भएको संस्था जोडिन पाउँदा खुशी लागेको उनले बताए । रेडियोका स्टेशन म्यानेजर सन्जय कुमार मल्लले आहा रारा गोल्ड कप महापण्डित कार्यक्रमलाई भोलीका दिनमा अझै प्रभावकारी बनाउँदै लगिने बताए । सामाजिक दायित्व अन्र्तगत खेलकुदका माध्यमबाट पोखराको पर्यटन क्षेत्रलाई माथि उठाउन रेडियो सदैव लाग्ने प्रतिबद्धता उनको छ ।

 चैत २१ गतेबाट २८ गते सम्म आयोजित आहा रारा गोल्ड कपको हरेक दिन भएको खेलको विजेताका विषयमा रेडियोले प्रशन गर्दै आएको थियो । उक्त प्रशनबाट विजेता बनेका विजयीलाई रेडियोले सेभेन बी फोन जोन विशाल बजारको तर्फबाट एक थान मोबाइल र हिमश्री फुड्स प्रालीको उत्पादन एक काटुन रारा चाउचाउ प्रदान गरेको थियो । कार्यक्रममा रेडियोका वरिष्ठ प्रस्तोता आर्जुबिष्ट सल्यानी, प्रस्तोता सन्तोष बस्याल, मार्केटिङ म्यानेजरद्वय नारायण पौडेल र निराजन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट्स
Loading...