सुचना, समाचार र मनोरन्जन

शिवपुरी–नागार्जुन निकुञ्जको डढेलो : हेलिकप्टरबाट पानी लिएर निभाउन थालियो

  •  
  •  
  •  
  •  

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रणमा लिन हेलिकप्टर उडाइएको छ ।

आइतबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो ।

सुन्दरीजलबाट पानी लिएर आगलागी निभाउने प्रयास भइरहेको छ । आइतबार बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए ।

जमिनबाट आगो नियन्त्रण गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो।

कमेन्ट्स
Loading...