सुचना, समाचार र मनोरन्जन

पोखरामा वनस्पति विभागद्वारा मनाइयो वनस्पति दिवस

  •  
  •  
  •  
  •  

पोखरा /

 पोखरामा वनस्पति दिवस मनाइएको छ । २२ औं वनस्पति दिवसका अवसरमा आइतबार पोखरामा जडिबुटी खेति अभियान समृद्धिका लागि योग्दान भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

विश्व शान्ति जैविक विविधता उद्यान रानीवन छोरेपाटनको आयोजनामा भएको कार्यक्रममा बोल्दै पोखरा महानगर वडा २२ का अध्यक्ष मित्रलाल बरालले वनस्पति विभाग भन्ने बित्तिकै जिवन बुझिने बताए । उनले वनस्पतिको सुरक्षाका लागि वडाले संघसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष वनस्पति विभागका सहायक वैज्ञानिक अधिकृत धर्मराज कोइरालाले वनस्पति क्षेत्रमा अझै पनि समस्या रहेको बताए । उनले कमी कमजोरीहरुलाई आत्मसाथ गर्दै परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने बताए । यसका लागि विभाग लागिपरेको उनको भनाई थियो ।

कार्यक्रममा विभागका पुर्व अधिकृत डिल बहादुर क्षेत्री, ड्यामसाइड क्लबका अध्यक्ष पद्म बाहादुर ढकाल, नमुना टोलका अध्यक्ष पुन्य प्रसाद गौतम गरी लगायका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चांलन भने जानकी पौडेलले गरेकी थिइन् ।

कमेन्ट्स
Loading...