सुचना, समाचार र मनोरन्जन

पछिल्लो २४ घन्टामा नेपालमा थप तीन सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा मात्रै १५४ संक्रमित

  •  
  •  
  •  
  •  

पछिल्लो २४ घन्टामा नेपालमा थप तीन सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार १ सय २५ जनामा पिसिआर गर्दा ३०३ लाई कोरोना भएको हो ।

भक्तपुरमा ११ जना, ललितपुरमा १५ जना र काठमाडौंमा १ सय २८ गरी १ सय ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८ हजार २८ पुगेको छ। पछिल्लो २४ घन्टामा १ सय ४१ जना निको भएर फर्किएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार २७ पुगेको छ। त्यस्तै, कोरोनाको संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४० पुगेको छ।

कमेन्ट्स
Loading...