सुचना, समाचार र मनोरन्जन

मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशका अधिकांश भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमवार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।

देशको पहाडी भू-भागका एक-दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध समेत छ।

कमेन्ट्स
Loading...