सुचना, समाचार र मनोरन्जन

समसामयीक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं /

 नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ। बैठकमा आगामी भदौमा तय भएको चौधौं महाधिवेशनबारे छलफल हुने पनि बताएइको छ।

यसअघि २० चैतमा बसेको कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आˆनै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय गरेको थियो ।

आजको बैठकले सदस्यता टुंग्याउन अब अलि कडाई गर्ने र अब पनि नटुंगिए विकल्पमा जाने रणनीति बनाउने छ । यसलाई मध्येनजर गरी निर्णय लिने महामन्त्री खड्काले जानकारी दिए ।

कमेन्ट्स
Loading...