सुचना, समाचार र मनोरन्जन

नेपाली मोडल मुनाको बलिउड म्युजिक भिडियो “हम तुम” सार्वजनिक [ भिडियो ]

पोखरा /

 नेपाली मोडल मुना गौचनको बलिउड म्युजिक भिडियो “हम तुम” सार्वजनिक भएको छ ।

मुम्बइमा व्यस्त नेपाली मोडल हुन्, मुना गौचन । दुई वर्षदेखि एजेन्सीमार्फत विभिन्न ब्रान्डका विज्ञापन, फोटोसुट एवं म्युजिक भिडियोमा सक्रिय मुना कोभिड–१९ का कारण काम ठप्प भएपछि भने लामै समय नेपाल बसिन् ।

हाल मोडल मुनाले अभिनय गरेको बलिउड म्युजिक भिडियो ‘हम तुम’ सार्वजनिक भएको छ। भिडियोमा मोडल मुना संगै अनिकेट चिन्दक र रोहण सिंहको अभिनय रहेको छ। भिडियोबाट मुनाले राम्रो चर्चा पाईरहेकी छन् ।

सानो छँदा मुनालाई डाक्टर बन्ने चाहना थियो। आफ्नी छोरीलाई बाठीटाठी बनाउन परिवारका सदस्यले विभिन्न कार्यक्रममा भाग लिन लगाउँथे। उनी मख्ख पर्दै कार्यक्रमहरूमा सहभागी हुन्थिन् ।

बिस्तारै र्‍याम्प, फोटोसुट र विज्ञापनमा काम पाउन थालिन्। उनको पहिलो प्रोजेक्ट नै एमएनसको कभर गर्ल थियो। त्यसपछिका दिनमा उनले फर्केर पनि हेर्नु परेको छैन। उनी नेपाली र्‍याम्प मोडलिङमा राम्रो मोडलका रूपमा स्थापित हुन थालिन् ।

त्यसपछि मुनाको मोडलिङमा करिअर सुरु भयो। एजेन्सीमा रहेका सबै मोडलभन्दा मुनाको लुक्स फरक हुँदा छोटो समयमै धेरै प्रोडक्टमा काम पाइन्। उनले मुम्बईमा पहिलो विज्ञापन क्लोज अपको गरेकी थिइन् ।

नेपाली मोडलका रूपमा संसारमै छुट्टै पहिचान बनाउने सपना बुन्दै छिन् मुना। केही गरेर छाड्छु भन्ने सोच राखियो भने मुम्बई त के संसारका हरेक कुनामा जम्न सकिन्छ भन्ने उनको मान्यता छ ।

कमेन्ट्स
Loading...