सुचना, समाचार र मनोरन्जन

आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’ {भिडियो}

नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक छ। यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।

‘द भ्वाइस अफ नेपाल’ का यसअघिका सिजनमा पवित्रा र नितुले समेत सहभागिता जनाएका थिए। ‘झिलीमिली’ बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल ‘आशिष रायमाझी’ मार्फत सार्वजनिक गरिएको हो।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.