सुचना, समाचार र मनोरन्जन

डा . सन्दुक रोइत सहित ४ सय ५२ जना सम्मानित [ फोटोे ]

काठमाडौं /

 विभिन्न क्षेत्रमा सेवा प्रदान गरिएको व्यक्तिलाई सम्मान गरिने पदकमा लिम्पियाधुरा लिपुलेकसहितको नेपालको नयाँ नक्सा अंकित समेटिएको छ ।

बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित विभूषण पदक वितरण समारोहमा डा सन्दुक रोइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम प्रदान गरिएको छ। गृहमन्त्रालयद्वारा आयोजित सो समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनु भएका महानुभावलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सम्मान गरेकी हुन्।

सम्मानित हुनेमा डा. रोइत सहित ४ सय ५२ जना रहेका छन् । मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम् श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो।

कमेन्ट्स
Loading...