सुचना, समाचार र मनोरन्जन

माग्ने बुढा र वर्षाको ‘भागौ यसपाली’ सार्वजनिक [ भिडियो ]

  •  
  •  
  •  
  •  

महेश भण्डारी र स्मिता दाहालले स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए काली भागौ यसपाली’ बोलको गीतको शब्द तथा संगीत दीपक आचार्य ‘काकु’ले गरेका हुन् ।

भिडियोमा केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा राउतको अभिनय रहेको छ । भिडियोमा माग्ने बुढा र वर्षाको प्रेमलाई देखाइएको छ । भिडियोमा माग्ने बुढाले वर्षालाई भागेर बिबाह गर्न आग्रह गरिरहेका छन्, वर्षले भने स्विकारेकी छैनन् ।

भिडियोमा यमन श्रेष्ठ, सन्देश लामिछाने, सुरेश थापा, निशान बजगाईं, भिम बहादुर श्रेष्ठको पनि अभिनय रहेको छ । दीपक आचर्यकै निर्देशन रहेको भिडियोलाई सुरेन्द्र बसेलको करियोग्राफी गरेका छन् ।

हरि हुमागाईं र अमेरिकामा निरज रन्जितले खिचेको भिडियोको सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

कमेन्ट्स
Loading...