सुचना, समाचार र मनोरन्जन

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने

कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आज दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यतालिका छ ।

PCCi MELa

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छन्।

यसअघि नै मुख्यमन्त्री शाहीले प्रदेश सभा सचिवालयमा पत्र पठाउँदै आजका लागि विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन भनेका थिए ।कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।

यस्तै एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार बैठकले पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्ने पनि उनले जानकारी दिए ।

कमेन्ट्स
Loading...