सुचना, समाचार र मनोरन्जन

टि २० ट्राइ सिरिज अन्तर्गत दोस्रो खेलमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारि टि २० ट्राइ सिरिज अन्तर्गत दोस्रो खेलमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । खेल नेपाली समय १२: १५ बजे कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । आज नेदरल्याण्ड्स र मलेसिया सुदख सुरुआत गर्ने लक्ष्यमा छन् । नेदरल्याण्ड्स र मलेसिया यसअघि टी-२० क्रिकेटमा भेट भएका छैनन् ।

नेपालविरुद्ध हारपछि नेदरल्यान्ड्सका कप्तान पिटर शिलारले टोलीको खराब प्रदर्शनको खुलेर आलोचना गरेका थिए । अधिकांश युवा खेलाडी उतारेको टोलीलाई मलेसियाविरुद्ध उच्च प्रदर्शन गर्न निकै दबाब छ ।

यता मलेसिया प्रतियोगितामा कमजोर टोली मानिएपनि पछिल्लो समय राम्रो नतिजा निकाल्दै आएको छ । युवा खेलाडीको वर्चस्व रहेको टोलीमा आक्रामक ब्याट्सम्यानको बाहुल्यता छ ।

नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, विक्रमजित सिंह, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, पल पान मीकेरन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट र जुलियन डी म

मलेसियाको टोली : अहमद फेज, विरनदिप सिंह, ऐनोल हफिज्स, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, फित्री शाम, खिजार हायत, धिवेंद्रण मोगन, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, स्यार्जुल इद्रुस, सायद अजिज

कमेन्ट्स
Loading...