सुचना, समाचार र मनोरन्जन

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, समसामयिक विषयबारे बैठकमा छलफल हुने

काठमाडौं /

 नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला पार्टी महाधिवेशनको चटारोमा परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुँदैछ ।

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।

कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो। तर सिन्धुपाल्चोकलगायत जिल्लाले अझै क्रियाशील वितरण गर्न फारम नपाएको बताएका छन् ।

लुम्बिनी प्रदेशमा पनि अहिलेको सरकार ढालेर नयाँ सरकार बनाउने गृहकार्यमा कांग्रेस छ। यी समसामयिक विषयबारे पनि आजको केन्द्रीय समिति बैठकमा छलफल हुने कांग्रेसका एक नेताले बताए।

कमेन्ट्स
Loading...