सुचना, समाचार र मनोरन्जन

टिभीएसले पब्जी मोबाइल च्याम्पियनसिपको स्पोन्सर गर्ने, भाग्यशालीले स्कुटर पाउने

  •  
  •  
  •  
  •  

पोखरा /

 टिभीएस मोटर्स कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ स्पोन्सर गर्ने भएको छ ।

४५ दिनसम्म चल्ने यस च्याम्पियनसिपको रेजिस्ट्रेसन आजदेखि सुरु भएको छ । यसको तीन भाग्यशाली विजेताले टिभिएस एन्टोर्क १२५ सुपर स्क्याड एडिसन स्कूटर जित्नेछन् ।

पब्जी नेपालको जेन जि मध्येको एक लोकप्रिय खेल हो र यो च्याम्पियनसिप गेमिंङ्ग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्दछ ।

कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले नेपालका युवाहरुलाई सधै प्रेरित गर्ने आफुहरुको लक्ष्य भएको कारण यस्ता च्याम्पियनसिपहरुमा आफुहरु आगामी दिनहरुमा पनि संलग्न हुने बताए ।

कमेन्ट्स
Loading...