सुचना, समाचार र मनोरन्जन

टी–२० विश्वकप छनोट: ओमनले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं /

आइसीसी विश्वकप छनोटअन्तर्गत आजको खेलमा ओमनले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।

ओमनका लागि कप्तान जीसन मकसूदले सर्वाधिक ३२ रन बनाए । नसीम खुसीले २५, प्रतीक अथावलेले २४, शकील अहमदले २२, आयन खानले १८ रन बनाए ।

नेपालको लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए । अविनाश बोहरा र गुलशन झाले १–१ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.