सुचना, समाचार र मनोरन्जन

कोरोना संक्रमण फैलिएपछि ‘हिमाअस कप फुटसल प्रतियोगिता’ स्थगित

शैक्षिक परामर्शदाता कम्पनी ‘हिमा–अस पोखरा एजुकेशन कन्सल्टेन्सी’को आयोजनामा हुदै गरेको ‘हिमाअस कप फुटसल प्रतियोगिता’ स्थगित भएको छ ।

यही बैशाख ९ र १० गते पोखरा गणेशटोलस्थित स्पोर्टस क्यासलमा प्रतियोगिता हुने भनिए पनि पछिल्लो समय नेपालमा कोरोना संक्रमण फैलिएपछि मन्त्रीपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्था, भेला, समारोह, खेलकुद प्रतियोगिता, आदी बन्द गर्ने निर्णय गरेसंगै यो प्रतियोगिता पनि अर्को सुचना नआउन्जेल सम्मको लागी स्थगित गरिएको हिमा–अस एजुकेशन एण्ड कन्सलटेन्सीका म्यानेजर अर्जुन पाण्डेले जानकारी दिए । कलेज स्तरीय हुदै गरेको यो फुटसल प्रतियोगिता दोस्रो सँस्करणको हो ।

‘हिमा–अस एजुकेशन एण्ड कन्सलटेन्सीले विभिन्न कलेज र यूनिभर्सिटीसँग भाइचाराको विकास गर्दै विद्यार्थीहरुसँग सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने उद्देश्यले हामीले यो प्रतियोगिताको आयोजना गरेका हौँ ।’ हिमा–अस पोखराको तर्फबाट प्रतियोगिताको सँयोजन गरिरहेका प्रतियोगिता सँयोजक अर्जुन पाण्डेले भने ‘त्यो बाहेक शिक्षासँगै खेलकुदको पनि प्रमोट गर्ने हाम्रो लक्ष्य हो ।’

सँयोजक पाण्डेका अनुसार हाल सम्म ३५ टिमको आवेदन फारम जम्मा भईसकेको थियो तर प्रशासनको निर्देशनलाई पालना गर्दे केहि समयको लागी स्थगित गरिएको र कोभिडको अबस्था सामान्य भए पश्चात यो प्रतियोगिता सुचारु हुने उनले बताए । प्रतियोगितामा प्लस टु देखि स्नातक तहसम्मका विद्यार्थीहरु खेलाडीको रुपमा सहभाागी हुन पाउनेछन ।

प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने समूहले २५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने कम्पनीले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडी, कलेज शीर्षकमा समेत पुरस्कार दिईने कम्पनीले जनाएको छ ।

कमेन्ट्स
Loading...