सुचना, समाचार र मनोरन्जन

गण्डकी खेलकूद परिषदमा मनोनित सदस्यहरुलाई मञ्चद्धारा बधाई

पोखरा /

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले गण्डकी परिषद खेलकूद परिषदमा मनोनित सदस्य सचिब तेज बहादुर गुरुङ सहित परिषदद्वय दिल बहादुर गुरुङ र केशव पाठकलाई बधाई दिएको छ ।

मञ्चले आफ्नो स्थापना दिवशको अवसरमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा हालै सम्माननिय राष्ट्रपती बाट जन सेवा पदक चौथो बाट विभूषित मञ्चका सल्लाहाकार समितीका संयोजक तथा अग्रज समाजसेवी दिल बहादुर गुरुङलाई समेत मञ्चले सम्मान गरेको छ ।

सो अवसरमा वोल्दै मञ्चका अध्यक्ष तथा गण्डकी खेलकूद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकूदको प्रेरणाले नै आफू यो स्थानमा आइपुगेको बताए । उनले प्रदेश खेलकूदको विकासमा सँधै अग्रज व्यक्तित्वहरुको सुझावलाई अग्रभागमा राखेर अघि बढ्ने प्रतिवद्धता जनाउँदै खेलकूद विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका उपलव्धीहरुलाई समेत आत्मसात गर्दै अगाडी वढ्नु पर्ने उल्लेख गरे ।

जनसेवा पदकबाट विभुषित मञ्चका सल्लाहाकार समितीका संयोजक दिल बहादुर गुरुङले मञ्चले गर्दा नै आफूलाई ८३ वर्षको उमेरमा अझै सामाजिक अभियान कार्य गर्ने उर्जा मिलेको बताए ।

कार्यक्रममा मञ्चका सल्लाहाकार तथा सफल व्यवसायी जगन बहादुर गुरुङले पोखरा म्याराथनलाई मञ्चले सन २०२४ सम्म म्याराथनहरुको छाता संस्था एम्समा पुर्याउन गरेको लक्ष्य निकै प्रशंसनिय र स्वागत योग्य रहेको बताउँदै गण्डकी खेलकूल परिषदमा सदस्य सचिव सहित ३–३ जना एकैपटक नेतृत्व तहमा पुग्नुले मञ्चको गरिमा अझै उच्चो बनेको बताए ।

मञ्चका प्रथम उपाध्यक्ष तथा कृषी विकास बैंकका सञ्चालक हरि प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष पराजुलीले मञ्चको स्थापन दिवशमा आफ्ना सदस्यहरु खेलकूदको नेतृत्व तहमा पुग्नुले संस्थाको गरिमा अझै ओझिलो बनेको उल्लेख गरे ।

सो अवसरमा मञ्चका द्वितिय उपाध्यक्ष तथा परिषदका सदस्य दिल बहादुर गुरुङ मञ्चका सचिव तथा क्षेत्रिय खेलकूदका निर्देशक कृष्ण तिमिल्सिना, मञ्चका सदस्य तथा परिषदका सदस्य केशव पाठक लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

कमेन्ट्स
Loading...