सुचना, समाचार र मनोरन्जन

त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै, सन्दीपको एक सयौं खेल

काठमाडौं /

 घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । आजको खेल जितेमा नेपाल शीर्षस्थानमा पुग्ने छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ ।

नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ । तर, मलेसियालाई हराएर नेपाल शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ । सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम खेलमा नेपाललाई हराएर मलेसिया सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । मलेसिया नेपालसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा समेत हुनेछ ।

नेपालको ओपनिङले उच्च प्रदर्शन गरेका हरेक खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै आएको छ । यसैबीच, नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिकोणात्मक टि२० आई सिरिजमा ऐतिहासिक आफ्नो सयौं खेल खेल्दैछन् ।

कमेन्ट्स
Loading...