सुचना, समाचार र मनोरन्जन

नेपाल सुपर लिग शनिबादेखि शुरु हुँदै, धनगढीलाई किया, पोखरालाई हुण्डाई र चितवनलाई डीशहोमको साथ

पोखरा /

 किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ ।

नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फर्म्याट (हरेक टिमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । यो बैशाख ११ देखि बैशाख २५ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

यता, नेपालको लागि हुण्डाई गाडीको एक मात्रअधिकृत बिक्रेतालक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सातमध्यका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।

यसैबीच बैशाख ११ गतेदेखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटवल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल)मा सहभागी टिम एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...