सुचना, समाचार र मनोरन्जन

पत्रकार मल्लले संचालनमा ल्याए “किनमेल संसार”, पोखरामा गरियो आउटलेट शुभारम्भ

सन्तोष बस्याल /

 पोखरामा किनमेल संसार संचालनमा आएको छ । पोखरा—४ गैह्रापाटन प्राईम सहकारीको भवनमा अवस्थित किनमेल संसारलाई पत्रकार संजय कुमार मल्ल र उनकी श्रीमती अञ्जु मल्लले संचालनमा ल्याएका हुन् ।

यसअघि अनलाइन व्यवसाय मात्रै गर्दै आएको “किनमेल संसार” को आउटलेटको शनिबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । जसलाई कलाकारद्वय प्रकाश घिमिरे र माओत्से गुरुङ, रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे र नायिका रजनी गुरुङले रिवन काटेर उद्घाटन गरे । किनमेल संसारमा ब्राण्डेड बेडसेट उपलब्ध रहेको संचालक मल्लले जानकारी गराएका छन् ।

आउटलेटको कलाकारद्वय प्रकाश घिमिरे र माओत्से गुरुङ, रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे र नायिका रजनी गुरुङले रिवन काटेर उद्घाटन गरे 

बेडसेटका लागि आवश्यक पर्ने तन्ना, सिरानी र सिरक सँगै महिला दिदीबहिनीहरुका लागि कुर्ता समेत किनमेलमा विक्रीवितरण गरिने उनले बताए । दुई दशक अघि पत्रकारिता शुरु गर्दा आफुले शुन्यबाट गरेको र अहिले व्यवसाय पनि शुन्यबाटै सुरुवात गरेको जानकारी उनले गराए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर समेत रहेका मल्लले ग्राहकको इच्छाबमोजिम नै आगामी दिनमा आफुहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

किनमेल संसारमा ब्राण्डेड बेडसेट उपलब्ध रहेको संचालक मल्लले जानकारी गराए

कलाकार प्रकाश घिमिरेले किनमेल संसारको प्रगतिको कामना गर्दै सकरात्मक सोचले अगाडि बढे अवश्य सफल भईनेमा जोड दिए । उनले अप्ठेरोमा नआत्तिन र सहजतामा नमात्तिन सुझाव दिएका छन् । कलाकार तथा चलचित्र निर्देशक माओत्से गुरुङले कोभिडले सबैलाई पाठ सिकाएको उल्लेख गरे । सोहीको परिणाम संजय मल्ल भएको उनले बताए । कलाकार र पत्रकारको अवस्था उस्तै भएको बताउँदै गुरुङले अब विकल्पको खोजी गर्नुपर्ने बेला आएको सुनाए ।

रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखेले कोभिडका बेला मल्ल परिवारले चुनौतीलाई अवसरको रुपमा लिएको बताइन् । सफलताको शुभकामना दिँदै उनले भनिन्,“कोरोनाले व्यवसाय थला परेका बेला किनमेल संसारको आउटलेट संचालनमा ल्याउनु आफैमा एक चुनौती हो । जसलाई चिर्दै संजय मल्ल सहित उहाँको परिवारले एक उदाहरणीय काम गर्नुभएको छ ।

रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखेले कोभिडका बेला मल्ल परिवारले चुनौतीलाई अवसरको रुपमा लिएको बताइन्

मल्ल परिवारलाई धेरै बधाई ।” नायिका रजनी गुरुङले आफुलाई आवश्यक परेका सामान अब किनमेल संसारमा खरिद गर्ने प्रतिबद्धता जनाएकी छिन् । कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो भएको उल्लेख गर्दै उनले किनमेल संसारले सम्बन्धलाई जोड्ने सेतुको रुपमा रहने विश्वास व्यक्त गरिन् । कार्यक्रममा कलाकार, पत्रकार र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट्स
Loading...