भुकम्पबाट क्षतिग्रस्त पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरेका छन् । सनिबार एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि धरहराको ऐतिहासिक धरहराको समुद्घाटन गरे।
त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टी गरेका थिए। २०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए।
२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्यास गरिएको पुनर्निर्मित धरहराको सनिबार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ। राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो। धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव मणिराम गेलालले धरहरा निर्माण एउटा रुपान्तरण पनि भएको बताए। यसअघि धरहरा ऐतिहासिक पहिचानका रुपमा चिनिएकोमा अब भने पहिचान सहितको स्पेसबाट प्लेस बनाएकोले सामाजिक रुपान्तरण पनि भएको बताए। ९० सालको महाभुकम्पनले क्षति पुर्याएपछि ११ तले धरहरा ९ तलामा सिमिति भएको थियो।
त्यसपछि ९ तलामा नै सिमिति राखेर पुर्ननिर्माण गरिएको थियो। तर अहिले भने बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ। त्यसमा २ वटा लिफ्ट राखिएको छ। जमिन मुनि २ तला बनाईएको छ। ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ।
त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाईकल पार्किङको पनि व्यवस्था छ। धरहराको पुर्ननिर्माणमा मैलिकताको सम्बद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ।