सुचना, समाचार र मनोरन्जन

लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गए : प्रधानमन्त्री ओली

काठमाडौं /

 प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गएको बताएका छन्।

सनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुदै गएको बताएका हुन्। नयाँ शासकिय व्यवस्था संगै लोकतन्त्र सुदृढ हुदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुने उनको जोड थियो। प्रधानमन्त्री ओलीले भने, लोकतन्त्र सुदृढ हुदै गएको छ।

लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुदै गएका छन्। र विभिन्न प्रकारले देश, जनता , विकास, सम्मृद्धि र जनताको सुखसंग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाइरहेका छन्। धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आ- आफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आव्हान गरे।

पुर्ननिर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिईएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निमाण सम्पन्न भएको उनको तर्क थियो।

प्रधानमन्त्री ओलीले महाभुकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचना भित्र कामगर्न पाउने गरि प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे।

कमेन्ट्स
Loading...