सुचना, समाचार र मनोरन्जन

नेपालमा कोरोना : २४ घण्टामा २ हजार ६ सय १८ मा संक्रमण पुष्टि, थप १४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै १४ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार १ सय ४३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट १ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । हालसम्म मृतकको कुल संख्या ३ हजार १ सय ३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९३.३ प्रतिशत छ।

कमेन्ट्स
Loading...