सुचना, समाचार र मनोरन्जन

पोखरामा “केयर फर साइट क्लिनिक एण्ड अप्टिकल सेन्टर” संचालनमा

सन्तोष बस्याल , पोखरा /

पोखरामा “केयर फर साइट किल्नीक एण्ड अप्टिकल सेन्टर” संचालनमा आएको छ ।

शनिबार एक कार्यक्रमका बिच उक्त सेन्टरको चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्माले शुभारम्भ गरे । डाक्टर कृष्ण प्रसाद भट्टराईले करिब ६० लाखको लागतमा अर्चलबोटमा संचालनमा ल्याएको अप्टिकल सेन्टरमा आँखाका सम्पूर्ण रोगको उपचार हुने जनाइएको छ ।

उपचारका लागि अब आँखा अस्पताल नै धाउनुपर्ने बाध्यतालाई चिर्नका लागि पनि आफुले उक्त अप्टिकल सेन्टर संचालनमा ल्याएको भट्टराईले बताए । शुभारम्भका अवसरमा वैशाख महिनाभर नै निशुल्क उपचार गराइने पनि उनले जानकारी गराएका छन् ।

विदेशमा अध्ययन गरी स्वदेश आएर नै केही गर्ने चाहना आफ्नो पहिले देखिको भएको र अहिले आएर उक्त चाहना पूरा भएको उनले बताए । हरिचोक बाट जिरो किलोमिटरको एरियामा कतै पनि आफुले आँखाको उपचार हुने ठाउँ नदेखेपछि संचालनमा ल्याएको उनले बताए । अप्टिकल सेन्टर बागलुङ बसपार्क भन्दा माथि बागलुङ हाईवेमा नै अवस्थित छ ।

पावर ग्लास, पावर कन्टयाक लेन्स, कस्मेटिक तथा कलर कन्टयाक लेन्स समेत अप्टिकल सेन्टरमा उपलब्ध गराइने उनले बताए । आँखाका सम्पूर्ण रोगको उपचार सुलभ तरिकाले आफुले उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै पशुपती शर्माले आँखाको स्वास्थ्यका लागि हरेक वर्ष सबैले आँखा जाँच गर्नुपर्ने विषयमा जोड दिए । रोग लागे मात्र जाँच गराउने प्रवृति भन्दा पनि रोग नलाग्दा पनि स्वास्थ्य अवस्था थाहा पाउन जाँच गराउनुपर्ने उनको भनाई थियो ।

पोखरामा हिजो शुभारम्भ भएको “केयर फर साइट किल्नीक एण्ड अप्टिकल सेन्टर” लाई सबैले माया गर्ने अपेक्षा उनले गरेका छन् । कार्यक्रममा लोकदोहोरी गायक घनश्याम रिजालको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट्स
Loading...