सुचना, समाचार र मनोरन्जन

भारतमा एकैदिन थपिए झन्डै साढे ३ लाखमा कोरोना संक्रमित, २ हजार ७ सय बढीको मृत्यु

नयाँदिल्ली /

भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।

पछिल्ला चार दिनदेखि लगातार दैनिक ३ लाख बढी संक्रमित थपिइरहेका छन् भने मृतकको संख्या पनि दिनदिनै बढिरहेको छ।शनिबार ३ लाख ४९ हजार संक्रमित थपिएका छन् भने २ हजार ७ सय ६० जनाले ज्यान गुमाएका छन्।

अस्पतालमा संक्रमितको ुसुनामीु आइरहेका बेला अक्सिजनको हाहाकार भएको छ। बिरामीले खचाखच भरिएका अस्पतालहरूले शनिबार अक्सिजन प्रबन्ध गरिदिन प्रदेश र केन्द्र सरकारलाई अनुनयरविनय गरेका छन्।

उत्तरी भारतमा अस्पतालहरू सञ्चालन गरिरहेको म्याक्स हेल्थकेयरले शनिबार ट्वीट गर्दै आफूसँग दुई घन्टालाईमात्र पुग्ने अक्सिजन भएको जनाएको थियो। त्यस्तै फोर्टिस हेल्थकेयरले अक्सिजन नभएकाले दिल्लीका आफ्ना अस्पतालमा नयाँ बिरामी भर्ना नगर्ने जनाएको छ।

केही अस्पतालहरूले ब्याकअपका लागि राखेको अक्सिजन दिएर धानेका छन्।

सरकारले टाढा-टाढाबाट दिल्लीमा अक्सिजन ल्याउनका लागि सैनिक जहाज र रेल पठाएको छ। सिंगापुरलगायत देशबाट पनि भारतले अक्सिजन ल्याउन लागेको छ।

कमेन्ट्स
Loading...