सुचना, समाचार र मनोरन्जन

टी–२० विश्वकप छनोट: युएईविरुद्ध नेपाललाई चौथो सफलता

नेपालका लागि कुशल मल्लले चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे।

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले चौथो विकेट गुमाएको छ।

नेपालका लागि कुशल मल्लले चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे। त्यतिबेला युएईले १३.४ ओभरमा ८८ रन जोडेको थियो।

त्यसअघि नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परेका छन्।

युएईका दुवै ओनपर आउट भइसकेका छन्। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन्।

Leave A Reply

Your email address will not be published.