सुचना, समाचार र मनोरन्जन

हिमालयन बैंकले शुरु गर्यो एससिटि युनियनपे कार्ड सेवा

  •  
  •  
  •  
  •  

पोखरा /

 हिमालयन बैंकले ‘युनियन पे’को सहकार्यमा एससिटि युनियन पे कार्ड सेवा सुरु गरेको छ । बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबीच उक्त कार्डको सेवा सुरु गरेको  हो ।

बैंकको अनुसार सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पि‌ओएस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।

यूनियनपेको अनुसार  निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुनेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले बैंकले प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स–्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने र छिटै डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक हुने बताए ।

कमेन्ट्स
Loading...