सुचना, समाचार र मनोरन्जन

आइतबार सार्वजनिक हुँदै नागरिक एपको फुल भर्सन, के आउला नयाँ फिचर ?

  •  
  •  
  •  
  •  

काठमाडौं /

सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको नागरिक एपको फुल भर्सन आउने भएको छ । आउँदो आइतबार एक विशेष कार्यक्रमबीच सरकारले नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्ने भएको हो ।

आउँदो आइतबार सरकारले राष्ट्रि सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदैछ । त्यसै सन्दर्भमा नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । नागरिकले हेलो सरकारमार्फत विभिन्न सार्वजनिक तथा सरकारी सेवाको विषयमा नागरिक एपमार्फत नै गुनासो टिपाउन सकिने सुविधा छ ।

नागरिक एपमा खाता खोल्न आफ्नै नामको मोबाइल नम्बर अनिवार्य गरिएको छ । सुरुमा नेपाल टेलिकम र एनसेलको नम्बरबाट मात्र नागरिक एपमा खाता खोल्न सकिने अवस्था रहेकोमा पछिल्लो समय स्मार्ट टेलिकमका नम्बर समेत नागरिक एपमा जोडिएका छन् ।

नागरिक एप औपचारिक रुपमा सार्वजनिक भएसँगै थप विशेष सेवा तथा फिचर समेत उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपी कुन कुन सेवा तथा फिचर एपमा आउँदैछन् भन्ने विषयमा भने स्पष्ट जानकारी बाहिर आएको छैन ।

बेटा भर्सनमै रहेको एपको डाउनलोड एन्ड्रोइड र आईओएसमा गरी ५ लाख नाघिसकेको छ ।

कमेन्ट्स
Loading...