सुचना, समाचार र मनोरन्जन

भोलि रातिदेखि आन्तरिक उडान बन्द

अन्तर्राष्ट्रिय २२ गतेदेखि बन्द

  •  
  •  
  •  
  •  

१९ वैशाख, काठमाडौं ।

सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो  ।

आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङ नेपाल प्रेसलाई जानकारी दिए ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भएको छ ।

कमेन्ट्स
Loading...