सुचना, समाचार र मनोरन्जन

नेपाल मुआ थाई एसोसिएसन कास्कीले गर्यो खेलकुद विकासमा जोड

  •  
  •  
  •  
  •  

पोखरा /

नेपाल मुआ थाई एसोसियसन कास्कीले पोखरामा एक कार्यक्रम आयोजना गरी नवनियुक्त गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री राजीब गुरुङ  [ दिपक मनाङ्गे ] लाई बधाई शुभकामना ज्ञापन व्यक्त गर्दै खेलको विकास र प्रवर्धनको लागि ध्यानाकर्षण गरिएको हो ।

मन्त्री गुरुङ्गलाई बधाई ज्ञापन गर्दै एसोसिएसनले कोभिड १९ को महामारीको समयमा मुआ थाई खेलको बिकासमा सहयोग गर्न आग्रह गरिएको जनाएको छ ।

बधाई तथा शुभकामना कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री गुरु्ङ्गले खेलकुद बिकासमा सकारात्मक खालको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको एसोसिएसनले जनाएको छ।

खेल क्षेत्रमा भएको कमि कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने मन्त्री गुरुङ्गले आफ्नो धारणा राखेको एसोसिएसनले जानकारी दिएको छ।

यस्तै एसोसिएसनले आयोजना गर्न लागेको इन्टरनेशनल मुआ थाई सेमिनार कोरोना कहरको कारणले स्थगित गरिएको जनाएको छ।

कमेन्ट्स
Loading...