सुचना, समाचार र मनोरन्जन

अर्बपति बिल गेट्स र मेलिन्डाले गरे डिभोर्स

  •  
  •  
  •  
  •  

काठमाडौं /

अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोस् गरेका छन्।

बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन्।

२७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

बिल गेट्सले सन् १९७०को दशकमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए। मेलिन्डाले सन् १९८७ मा माइक्रोसफ्टमा प्रोडक्ट म्यानेजरको रूपमा काम सुरू गरेकी थिइन्। त्यसपछि प्रेममा परेको यो जोडीले सन् १९८४ विवाह गरेको थियो।

 

कमेन्ट्स
Loading...