सुचना, समाचार र मनोरन्जन

मेगा बैंकका ग्राहकलाई किस्ताबन्दीमा म्याट्रेस किन्ने सुविधा

  •  
  •  
  •  
  •  

पोखरा /

 मेगा बैंक नेपालले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो ।

ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । बैंकको अनुसार यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ ।

आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आई बोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैंयासम्मका म्याट्रेस उत्पादन गरिरहेको छ ।

कमेन्ट्स
Loading...