सुचना, समाचार र मनोरन्जन

‘निफ’मा बलिउड निर्देशक अनुराग काश्यपले मास्टरक्लास लिने

  •  
  •  
  •  
  •  

 बलिउड निर्देशक अनुराग काश्यपले २३ वैशाखदेखि २७ सम्म आयोजना हुन लागेको चौथो निफ महोत्सवमा मास्टरक्लास लिने भएका छन् ।

महोत्सव उद्घाटन पछिको पहिलो सत्रमा हुने उनको मास्टरक्लासमा उनले आफ्ना अनुभव सुनाउनेछन् । महोत्सवमा उनले भर्चुअल आफ्नो अनुभव सुनाउने आयोजक संस्था चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । पाठकका अनुसार अनुरागले २३ गते दिउँसो ३:३० बजेबाट करिव डेढ घण्टासम्मको समय लिनेछन् । अनुराग काश्पय बलिउडका चर्चित निर्देशक हुन् ।

लेखकको रुपमा बलिउड प्रवेश गरेका अनुरागले केही सफल फिल्मको कथा तथा पटकथा लेखेका छन् । अनुरागले ‘पाँच’ नामक फिल्मबाट निर्देशकिय यात्रा तय गरेका थिए । तर, यस फिल्म हलमा रिलिज हुन पाएन । सन् २०१२ मा रिलिज भएको फिल्म ‘ग्याङ्स अफ वासेपुर’ का दुई सिरिजबाट भने उनले निकै चर्चा पाए । ‘रमन राघव २.०’, ‘मुक्काबाज’, ‘मनमर्जियाँ’, ‘घोष्ट स्टोरिज’ जस्ता फिल्मको निर्देशन पनि अनुरागले नै गरेका हुन् । अनुराग फिल्म निर्देशन सँगै निर्माणमा पनि उत्तिकै सक्रिय छन् ।

उनले नेटफ्लिक्समा रिलिज भएका ‘सेक्रेड गेम्स’, ‘लस्ट स्टोरिज’ आदि फिल्म तथा सिरिजको निर्माण गरेका थिए । त्योसँगै अनुरागले केही फिल्ममा अभिनय पनि गरेका छन् । आयोजक संस्थाले निफलाई पूरानै शैलीमा आयोजना गर्ने बताइरहेको थियो । तर, कोरोनाको महामारी बढ्दै गएपछि भर्चुअल रुपमा गर्न लागिएको अध्यक्ष पाठकको भनाई छ । माहोत्सवमा सहभागि फिल्मको प्रदर्शन तथा अन्तक्र्रियाहरू नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ गरिने जनाएको छ ।

‘विश्वका कथाहरूको कथ्यउत्सव’ भन्ने नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यसहित आयोजना भएको महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय फिल्मलाई भिन्न-भिन्न बिधामा पुरस्कृत गरिनेछ । यस वर्ष महामारीको विषयमा बनेका चलचित्रलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइनेछ । कोरोनाले प्रभावका विषयमा बनेका चलचित्रले पाँच सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् ।

कमेन्ट्स
Loading...