सुचना, समाचार र मनोरन्जन

ममता बनर्जीलाई आपत्तिजनक शब्द प्रयोग गरेपछि नायिका रनावतको ट्विट सस्पेण्ड

  •  
  •  
  •  
  •  

बलिउड नायिका कंगना रनावतको ट्विटर एकाउण्ट सस्पेण्ड भएको छ । बंगाल चुनाव परिणाम पछि ममता बनर्जीले गरेको टिप्पणी पछि कंगनाको ट्वीटर खाता सस्पेण्ड भएको हो। कंगनाले ममता बनर्जीलाई ट्वीट गरी आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् ।

अब आधिकारिक रूपमा कंगनाको ट्विटर खाता निलम्बित भएको भारतिय संचारमाध्यमले जनाएका छन् । बनर्जीमाथि आपत्तिजनक शब्द प्रयोग गरेपछि प्रयोगकर्ताहरूले कंगनाको विरोध गरिरहेका थिए ।

बंगाल चुनावको नतिजा पछि कंगनाले निरन्तर ट्वीट गरेकी थिइन् । यसअघि पनि राजनीतिक घटनाक्रमबारे उनले विभिन्न आलोचित हुने ट्विट लेख्दै आएकी छन् ।

कमेन्ट्स
Loading...