सुचना, समाचार र मनोरन्जन

कोरोना संक्रमण भएपछि विश्वप्रकाश शर्माले लिए २ साताका लागि प्रवक्ता पदबाट बिदा

  •  
  •  
  •  
  •  

काठमाडौं /

 नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएपछि २ साताका लागि प्रवक्ता पदबाट बिदा लिएका छन्।

मंगलबार सामाजिक संजालमा उनले प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिएको बताएका छन्। शर्मालाई सोमबार संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका छन् ।

‘अस्वस्थताका कारण दुई साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु। प्रेस, पार्टी र शुभचिन्तकहरुसंग क्षमा चाहन्छु’, उनले लेखेका छन्, ‘चांडैनै पुर्ण स्वस्थ भएर पुर्ण जांगर साथ मैदानमा फर्किनेछु ।

विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु। धन्यवाद ।’

कमेन्ट्स
Loading...