सुचना, समाचार र मनोरन्जन

अनिश्चित समयको लागि रोकियो ‘कमेडी च्याम्पियन – २’

  •  
  •  
  •  
  •  

काठमाडौँ /

‘कमेडी च्याम्पियन -२’ अनिश्चित समयको लागि रोकिएको छ । कोरोनाको संक्रमण फैलिँदै गएपछि अनिश्चित समयको लागि शो स्थगित गरिएको निर्देशक विशाल भण्डारीले बताए ।

उनले भने, ‘हामी सबै सचेत हुनुपर्ने समय छ । त्यसैले जोखिम मोल्न चाहेनौँ ।’ यस्तो समयमा आफूहरु हसाएर बस्न नसकेको उनको तर्क छ ।

पहिलो सिजनबाट नै चर्चामा आएको ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनका लागि ६ हजार भन्दा बढि डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट फिजिकल राउण्डदेखि, भोटिङ हुँदै सिजन-२ ले उत्कृष्ट ९ प्रतियोगी पाइसकेको छ ।

सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा, प्रदीप भट्टराई जज रहेको ‘कमेडी च्याम्पियन’ मा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, राज घिमिरेको लगानी रहेको छ ।

कमेन्ट्स
Loading...