सुचना, समाचार र मनोरन्जन

अक्सिजन आपूर्ति व्यवस्थापन सहज बनाउन कास्की प्रशासनको निर्देशन

  •  
  •  
  •  
  •  

पोखरा /

अक्सिजन आपूर्ति व्यवस्थापन सहज बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले निर्देशन दिएको छ ।

मंगलबार एक सूचना प्रकाशित गर्दै प्रशासनले कोरोना महामारीका समयमा अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न निदन आग्रह गरेको हो ।

प्रशासन कास्कीले घर तथा संघ संस्थामा तत्काल प्रयोगमा नआएका तथा खालि अक्सिजन सिलिण्डरहरु सम्वन्धित कम्पनी वा अक्सिजन खरिद गरेको स्थानमा फिर्ता गर्न अनुरोध गरेको छ । सहजताका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत उपलब्ध गराउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी संक्रमण कास्कीमा जिल्लामा दिनप्रतिदिन बढ्दो छ । सो सन्दर्भमा संक्रमित विरामीहरुलाई अक्सिजनको अभाव हुन नदिन नेपाल सरकार गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको वैशाख २० गते पठाएको पत्रानुसार सो सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी गराए ।

कमेन्ट्स
Loading...