सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत नदिने

  •  
  •  
  •  
  •  

काठमाडौं /

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’,  कांग्रेसले भनेको छ ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गरेको छ।

कमेन्ट्स
Loading...