सुचना, समाचार र मनोरन्जन

पतिको हत्या गरेको आरोपमा पत्नीसहित ४ पक्राउ

  •  
  •  
  •  
  •  

जनकपुरधाम,
पतिको हत्या गरेको आरोपमा पत्नीसहित ४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या आरोपमा २३ वर्षीया पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

गत शुुक्रबार राति सुशिलाले देवर अनिलसँग मिलेर पतिको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। देवरसँग भाउजूको अनैतिक सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइले मिलेर शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

एसपी रानाभाटका अनुसार उनीहरुलाई उदयपुरबाट पक्राउ गरिएको हो। दुबै जनालाई फरार गराएको आरोपमा अन्य २ जनालाई समेत नियन्त्रणमा लिएको उनले बताए।

आरोपीलाई फरार गराएको आरोपमा प्रहरीले सिराहा अर्नामाका तेजनारायण महरा र विनोदकुमार महतोलाई पक्राउ गरेको हो। यी दुबै जनालाई प्रहरीले सिराहाबाटै पक्राउ गरेको हो।

कमेन्ट्स
Loading...