सुचना, समाचार र मनोरन्जन

पोखरामा लकडाउनको दोस्रो दिन : सवारी साधन नियन्त्रणमा (फोटो फिचर)

पोखरा /

कास्कीमा यतिबेला लकडाउन जारी छ । आज दोस्रो दिन पनि पोखराका मुख्य चोकहरुमा प्रहरी तैनाथ छन् । लकडाउनको अवेज्ञा गरेर जथाभावी हिड्नेलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई केही समय होल्ड गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन कुमार श्रेष्ठले जानकारी गराए । उनले भने, “हामीलाई उहाँहरुलाई होल्ड गरेर राख्ने कुनै रहर छैन । तर उहाँहरुको कारणले रोग फैलियो भने जिम्मा कसले लिने रु त्यसैले लकडाउनको अवहेलना गर्दै हिड्नेलाई केही समय राखेर सम्झाई बुझाई गरी छाड्ने गरिएको छ ।”

तस्बिर : प्रकाश कोइराला

कमेन्ट्स
Loading...