सुचना, समाचार र मनोरन्जन

हवाई उडानको रुट नपाउँदा इजरायलबाट उद्धारमा ढिलाइ

काठमाडौँ/

हवाई उडानको रुट नपाउँदा इजरायलबाट उद्धारमा ढिलाइ भएको छ । इजरायलमा मृत्यु भएका १० जनाको शव र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले निर्णय गरेको थियो । तर, उडान अनुमति नपाउँदा उद्धारमा ढिलाइ भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयका अनुसार हवाई उडानको लागि रुट नपाउँदा समस्या भइरहेको हो ।

सचिवालय सदस्य दीपककुमार जोशीले इजरायले आन्तरिक प्रक्रियामा रहेकाले उडान अनुमतिमा केही ढिलाइ भएको बताए । ‘रुट नदिएको भन्दा पनि उत्पन्न परिस्थितिका कारण प्रक्रियामा रहेकाले ढिलाइ भइरहेको हो । अनुमति पाउने वितिक्कै हामी तयारी अवस्थामा छौँ । इजरायलबाट अनुमति पाउने वितिक्कै गएर नेपालीहरूको उद्धार गरेर ल्याउँछौँ’ उनले भने ।

Leave A Reply

Your email address will not be published.