गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वर रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ ।
टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत रहेको छ । गीतको सुन्दर भिडियो समेत बनको छ । जसमा मोडल प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ ।
भिडियोमा प्रथम र नेहाले निकै आकर्षक रोमान्स गरेका छन् । लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका हुन् ।

संख्यात्मक भन्दा गुणात्मक भिडियो निर्देशन गर्दै आएका प्रथमको यो भिडियो पनि राम्रो बनेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन रहेको छ ।