पोखराका पर्यटनकर्मी कृष्ण आचार्यको निधन भएको छ । लेकसाइडस्थित टेम्पल ट्री रिसोर्काट रेसिडेन्ट म्यानेजर कृष्ण आचार्यको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो ।
फिस्टेल हस्पिटलमा उपचार गराईरहेका आचार्यको कोरोना संक्रमणबाट सोमवार साँझ निधन भएको परिवारले जनाएको छ । एक साता अघि कोरोनाका लक्षण देखिएपछि चरक अस्पताल पुगेका आचार्य केही सन्चो भयो भनी फर्किएर होटल आइसोलेसनमा बसेका थिए ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई फिस्टेल हस्पिटलमा भर्नाँ गरिएको थियो । आचार्य लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्टमा रेसिडेन्ट म्यानेजर थिए । स्वर्गीय आचार्यका श्रीमती र २ छोरा छन् ।
यसभन्दा अगाडि उनले फुुलवारी रिसोर्ट पोखरा ग्रान्डमा काम गरेका थिए ।
