नेकपा एमालेका नेता घनश्याम भुसालले आत्मसमर्पण क्रान्तिकारी गद्दारी हुने बताएका छन्। आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताएका हुन् ।
उनले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष पनि गरेका छन् । भुसालले भने पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्छौं ।
सामाजिक सञ्जालमा भुसालले आफ्नो भनाई राख्दै, हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजन गरे । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजिदैछ ।
हिजोका दिनमा असफल भएका शक्तिहरूले बदला लिन खोजेको पनि उनको भनाइ छ। चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटनको प्रयास भएको तर्फ पनि भुसालले संकेत गरेका छन् ।
साथै भुसालले थपेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’
