काठमाडौँ /
बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । माछापुच्छ्रे बैंकका पूर्व सीईओ श्रेष्ठको आज बिहान निधन भएको हो ।
नारायणचौर नक्साल निवासी श्रेष्ठ तत्कालीन ग्रीनलेज बैंक लिमिटेड(हाल स्ट्याण्डर्ड चार्टर्ड)) मा सन् १९८९ मा बैंकिङ सेवा प्रारम्भ गरी १३ वर्ष काम गरेका थिए । त्यसपछि उनी एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भई ३ वर्ष काम गरेका थिए ।

तत्कालीन एनआईसी बैंक लिमिटेड(हालको एनआईसी एशिया बैंक) मा ९ वर्षसम्म महाप्रबन्धक भई कार्य रहेका थिए । त्यस पछिका दिनमा ग्लोबल आइएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र त्यसपछि माछापुच्छ्रे बैंकमा सीईओ भएका थिए र चार वर्षे कार्यकालमा एक वर्ष बाँकी छँदै बाहिरिएका थिए ।