सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय जनमोर्चाले गर्यो गण्डकी प्रदेशका सांसद थापालाई संसदीय दलको नेताबाट पदमुक्त

पोखरा /

 राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट पदमुक्त गरेको छ । पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद थापालाई पदमुक्त गरेको हो ।

बुधबार जनमोर्चा संसदीय दल राष्ट्रिय सचेतक पियारी थापाले दलको नेताबाट हटाइएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई जनाकारी गराएकी  राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताए ।

सांसद थापाको पदबारे जनमोर्चाले केही निर्णय भने गरिसकेको छैन ।

कमेन्ट्स
Loading...