सुचना, समाचार र मनोरन्जन

गण्डकीमा पर्ख र हेरको अवस्थामा गठबन्धन : मुख्यमन्त्री नियुक्त गर्न कांग्रेस नेता नेपालीको प्रदेश प्रमुखलाई चिठी

पोखरा \

 नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले आफुलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई चिठी लेखेका छन् ।

“नेपालको संविधानको धारा १६८-२ बमोजिम गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेसको १५, नेकपा माओवादीको सभामुख सहितको १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीको दुई सभा सदस्य रहेको म कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न समर्थन रहेको हुँदा मुख्यमन्त्री पदमा नियुक्त गर्नुहुन अनुरोध गर्दछु ।”, पत्रमा उल्लेख गरिएको छ ।

सो विषयमा नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापालाई फोन गर्दा उनले अहिले चार दलको समर्थन रहेको भनि पत्र मात्र पठाइएको बताए । नयाँ सरकार गठनमा कति जनाको हस्ताक्षर छ भन्ने कुरा अहिले नै भन्न नसकिने उनले जनाएका छन् ।

उनले भने, “अहिले हामीले चार दलको समर्थन छ भनि चिठी मात्र लेखेर प्रदेश प्रमुखलाई बुझाएका हौं । जनमोर्चाका कृष्ण थापाले के गर्नुहुन्छ थाहा छैन । उहाँलाई पार्टीले कारबाही गर्ने भनिसकेको छ ।

कारबाही भएको हकमा हाम्रो ३० मत पुग्छ । यदि यसो भयो भने बहुमतका आधारमा गठबन्धन सरकार बन्छ । अहिले पर्ख र हेरको अवस्था छ।”

कमेन्ट्स
Loading...